काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

आइतबार बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ ।

कांग्रेस कोशीका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि शनिबार झापामा आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको छ ।

उनलाई आक्रमण गरेको आरोपमा प्रहरीले शनिबार नै विद्युत प्राधिकरणका दुई जना कर्मचारी पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय