विराटनगर । जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जना पुरुषको मृत्यु भएको छ ।

शुक्रवार राती छावा सहित बस्ती पसेको हात्तीको आक्रमणबाट सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मध्यरातमा हात्ती आएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चासहित आएको माउ हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै मृत्यु भएको हो ।

यसअघि गत पुस १५ गते पनि सुन्दरहरैँचा नगरपालिका ५ स्थित नमुना सामुदायिक वनमा स्थानीय गुरुङ टोल बस्ने ६० वर्षीय चन्द्रकुमारी लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो समय सुन्दरहरैचा आसपासको क्षेत्रमा जङ्गली हात्तीको आतङ्कबाट स्थानीय त्रसित भएका छन् । हात्तीका कारण मोरङमा बेलबारी, सुन्दर हरैचा कानेपोखरी र सुनसरीको इटहरीमा धन जनको क्षति हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय