काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा युवा छ कि छैन भन्ने आउँदो मंसिर ५ गते देखाउने बताएका छन् ।
रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेतालाई पार्टीमा फर्काउँदै उनले टोलटोलमा युवा भोलिन्टियर फोर्स तयार गर्ने बताए । गएको कात्तिक १६ गतेबाट गठन थालिएको बताए ।
“मंसिर ५ गते त्यसलाई राष्ट्रियस्तरमा बढाउने गरी केन्द्रबाट सुरु गर्नेछ । र, नेकपा एमालेसँग युवा छ कि छैन भन्ने कुरा दुनियाँले देख्नेछ । युवा कोसँग छ,” ओलीले भने ।
उनले आपराधिक प्रवृत्ति भएकाले राष्ट्रिय झन्डा ओडेर केही समयदेखि भ्रम फैलाएको बताए । अबदेखि व्यक्तिको घर जलाउन एमालेले नदिने ओलीको भनाइ छ ।




