काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । मंगलबार ३ बजेको आधिकारिक मतपरिणामअनुसार साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् ।

हालसम्म १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले सो मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार काँग्रेसबाट मेयर उम्मेदवार रहेकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् भने एमालेका केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले ४ हजार ५९९ मत पाएका छन् ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले बालेन शाहले भन्दा पनि बढी लोकप्रिय मत पाएका छन् । डंगोलले ५४ हजार ९१ मत पाउँदा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार ९ हजार ७६२ मत पाएको पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय