काठमाडौँ । स्थानीय तह निर्वाचनबाट हालसम्म निर्विरोधसहित १३ हजारभन्दा बढी उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म निर्विरोधसहित १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्वाचित भएको जानकारी दिएका छन् ।

तीमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएका छन् । वडाध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ जना निर्वाचित भएको प्रवक्ता शर्माले जानकारी दिए । आयोगले देशभर १३० वटा स्थानीय तहको निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको जनाएको छ ।

आयोगका अनुसार विभिन्न कारणले मतदान स्थगित भएका ठाउँमा सोमबार मतदान भएको छ । धनकुटाको शहीदभूमि गाउँपालिका-६ को ठाकुरदेवी मा.वि., सप्तरीको रुपनि गाउँपालिका-५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका-१ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका-३ को भगवती मा।वि।मा सोमबार मतदान भएको प्रवक्ता पौडेलले बताए ।

त्यस्तै, बझाङको केदारस्यु गाउँपालिका-४ को जगन्नाथ उच्च मा.वि., बझाङको सुर्मा गाउँपालिका-२ को आधार बगर मा।वि। र बझाङको सुर्मा गाउँपालिका-३ कृष्ण प्रा.वि. मतदान केन्द्रमा पनि सोमबार शान्तिपूर्णरुपमा मतदान भएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले आयोगले भयरहित र शान्तिपूर्ण बातावरणमा देशभर निर्वाचन सम्पन्न गराएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय