काठमाडौं । १२ हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेरे अम्लेखगञ्जबाट सिस्नेरीका लागि छुटेको ट्याङ्कर दुर्घटना भएको छ ।

बास्ताकोटी आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेर त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट सिस्नेरी जादै गरेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर थाहा नगरपालिका वडा नं। १ स्थित कुन्छाल पुलबाट खोल्सामा खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी पुगेको तथा सम्भाबित दुर्घटना नहोस भनेर दमकल पनि पुगिसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय