काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत देशभर अहिले मतदान भइरहेको छ । ७५३ पालिकाका लागि भएको मतदानमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । साथै निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएको छ ।

मध्यान्ह १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ । ती स्थानमा पनि छिट्टै मतदान सुरु हुने अपेक्षा रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय