काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित महेन्द्र शान्ती मावि केन्द्रबाट मतदान गरेका हुन् । मतदान पछि अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान एमालेले जित्ने दाबी गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले परीणाम एमालेको पक्षमा आउने दाबी गरेका हुन् । नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि ५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँने बताएका हुन् ।

ओलीले, ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रयास गरेको समेत आरोप लगाएका छन् । तर आफूले अस्वीकार गरेको भन्दै उनले भने, ‘उहाँले ९ गते मलाई स्थगित गरेर पर सारौं भनेर प्रस्ताव गर्नु भएको थियो । अनि धाक लगाउने कुरै भएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय