
स्याङ्जा । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङको बायखोलामा १४ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा परि १२ जना घाइते भएका छन् ।
वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।
दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।
साथै उद्धार कार्य जारी । घाइतेहरुलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलद्वारा जानकारी दिएका छन् ।