
काठमाडौंं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका उम्मेदवारलाई भोट दिएर जिताउन मतदातालाई अपिल गरेका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले आयोजना गरेको स्थानीय निर्वाचन लक्षित वृहत चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आफ्नो सुन्दर र सुरक्षित भविष्यका लागि सूर्य चिन्हमा मतदान गरेर स्थानीय तहका जनप्रतिनिधिमा एमालेका उम्मेदवारलाई विजयी गराउन सबैमा आग्रह गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउने जनतालाई कहिलै धोका नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ओलीले अगाडी भने ’अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउनुस् । एमालेका जनप्रतिनिधिले गाउँ, शहर र नगर बनाउने जिम्मा लिएका छन् । एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ, ’उनले भने, ’जनतासँगका प्रतिवद्धता पूरा गर्ने छौँ । जनतालाई कहिल्यै धोका दिदैनौं ।
एमालेका उम्मेदवार जिताउने जिम्मा जनताको र मुलुकको विकास गर्ने जिम्मा एमालेको भएको ओलीको दाबी छ । एमालेको सरकार स्थानीय तहमा नभए माथिबाट पठाएको बजेट बालुवामा पानी हालेजस्तो हुने भन्दै त्यस्ता दुरुपयोग रोक्न पनि तीनै तहमा एमालेको सरकार आवश्यक रहेको ओलीको जिकिर छ ।
साथै ‘भोट हालेनौं भने’भनेर गठबन्धनका नाममा जनतालाई नधम्क्याउन पनि ओलीले चेतावनी दिएका छन् । मुलुकमा अहिले सबैभन्दा पीर कांग्रेसका कार्यकर्तालाई परिरहेको पनि ओलीले टिप्पणी गरेका छन् ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न समेत सबैमा आग्रह गरेका छन् । नेपाललाई आधुनिक युगमा पु¥याउने जिम्मा एमालेको भएको ओलीको भनाई छ । उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको पनि ओलीको बताए ।