
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुसोजस्तो भएका बताएका छन् ।
कैलालीको बर्दगोरियामा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन अध्यक्ष ओलीले प्रचण्ड एमालेको अध्यक्ष हुँदा शेरजस्तो भएको तर अहिले भिजेको बिरालो नभई मुसोजस्तो भएको बताएका हुन् ।
ओलीले स्थानीय तह निर्वाचनका बेला माओवादी र एकीकृत समाजवादीले चुनावी सभा समेत गर्न नसकेको बताएका छन् । कांग्रेसले आयोजना गरिरहेका चुनावी सभामा प्रचण्डले बोल्न समेत नपाएको उले बताएका छन् । अध्यक्ष ओलीले एमालेमा अपमान भयो भन्ने माधव नेपालको गठबन्धनमा के भइरहेको छ भनेर ओलीले प्रश्न गरेका छन् ।
साथै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन देश बनाउन नभइ बाँडचुँड गरि खानका लागि मात्रै बनेको टिप्पणी गरेका छन् । ओलीले वैशाख ३० गतेको निर्वाचन सामान्य निर्वाचन मात्रै नभइ धेरै कुरालाई टुंगो लगाउने र दिशानिर्देश गर्ने निर्वाचन भएको समेत बताएका छन् ।