काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश १ र सदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको संभाबना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी भू (भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएमाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २२ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय