काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । मोरङको सुन्दर हरैचा नगरपालिकाको प्रशासनिक कार्यलयको आज शिलान्यास गदै प्रधानमन्त्री देउवाले बैशाख ३० मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले काम गरिरहेको बताएका छन् ।

सरकार तोकिएकै मितिमा निर्वाचन गराउने पक्षमा दृढ रहेको देउवाको भनाई छ । उनले कुनैपनि बहानामा चुनाव नसर्ने भन्दै तोकिएको समयमा चुनाव हुनेमा आशंका नगर्न समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले मोरङको लेटाङ घटनामा महिला प्रहरीको हत्याको विषयमा सरकार गम्भीर रहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारवाही गर्ने बताएका छन् ।

मेयर शिव ढकालका अनुसार नेपाल सरकारले उपलब्ध गराएको ४ विघा ८ कठठा क्षेत्रफलमा २७ करोडको लागतमा नगरको प्रशासनिक कार्यलय भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय