
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार जारी गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि वैशाख ११ र १२ गते हुनेछ ।
यस्तै वैशाख १५ गते उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारलाई नाम फिर्ता लिन वैशाख १६ गतेको मिति तोकिएको छ भने त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । यसैगरी वैशाख १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
वैशाख २० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदानको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेखि मौन अवधि लागू हुनेछ ।