काठमाडौं । नेकपा एकीकृत समावजादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी विरुद्ध नबोल्न निर्देशन दिएका छन् ।

आजदेखि बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै नेपालले एमसीसीका विरुद्धमा आवाज नउठाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका हुन् । बैठकमा उनले एमसीसीका विषयमा कडा निर्देशन जारी गरेका हुन् ।

एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको भन्दै नेपालले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । साथै अध्यक्ष नेपालले एमसीसीविरुद्धमा लेखिएका स्टाटस मेटाउनु पनि निर्देशन दिएका छन् । व्याख्यात्वमक घोषणासँगै एमसीसीका विषयमा रहेका अस्पष्टता हटेका अध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय