काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा आफै पतन जाने टिप्पणी गरेका छन् ।

प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै ओलीले माओवादीलाई कसैले सिध्याउन नपर्ने भन्दै आफै सकिएर जाने बताएका हुन् । 

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गर्दै उनलाई एमालेले सकेको नभई उनले चिनामा नै त्यस्तो भाग्य बोकेर आएको समेत बताएका छन् ।

साथै उनले माओवादीका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटीको बैठकमा एमसीसी ठीक भएकाले त्यसको पक्षमा मत दिएका हौं भनेर भन्न नसकेको समेत बताएका छन् ।

केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको ओलीको भनाइ थियो। अध्यक्ष ओलीले माओवादी केन्द्रलाई मात्र नभएर एकीकृत समाजवादी प्रति पनि कटाक्ष गरेका छन् । उनले माधव नेपालको पार्टी बन्दै नबनी सकिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय