काठमाडौं ।  नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन बैद्य किरणले एमसीसी चीनविरुद्ध नाकाबन्दी गर्न ल्याइएको बताएका छन् । एमसीसी खारेजीको माग गर्दै ६ दलीय मोर्चाले आज काठमाडौंमा आयोजना गरिएको बिरोध सभामा सम्बोधन गर्दै नेता वैद्यले यस्तो बताएका हुन् ।

एमसीसी चीनविरुद्ध नाकाबन्दी गर्न ल्याइएको हुँदा यस्मा चिनले निरन्तर चासो देखाएको उनको भनाई छ । चीन मात्र नभई एमसीसी भारतका विरुद्ध पनि परिलक्षित भएकाले भारतीयहरू पनि खुशी नभई सशंकित बनेको बैद्यले बताएका छन् ।

साथै महासचिव वैद्यले एमसीसी खारेजीको लागि आफूहरूको आन्दोलन निरन्तर जारी रहने पनि बताएका छन् । बिरोध सभालाई नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गर्दैछन् ।

साथै उनले एमसीसीको व्याख्यात्मक घोषणा भनेर राजनीतिक दलहरुले भ्रमजाल फालेको बताएका छन् । उक्त व्याख्यात्मक घोषणालाई अमेरिकाले नस्वीकारेको उनको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय