काठमाडौं । नेपाली कांग्रेसले एमसीसी पास गर्नेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि योगदान रहेको बताएको छ ।

आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसी पास गर्न एमालेले पनि सघाएको बताएका हुन् । साथै उनले एमसीसीमा रहेको भ्रम र अन्योललाई चिर्ने काम भएको पनि जिकिर गरेका छन् ।

समग्रमा अपवादबाहेक सबैको सहयोगबाट संसदले एमसीसी परियोजनालाई पारित गरेको उनको भनाइ छ । कांग्रेसले संसद्‌बाट एमसीसी सम्झौता अनुमोदन भएसँगै कार्यान्वयनमा जाने विषय अब सुनिश्चित भएको प्रष्ट पारेको छ ।

प्रवक्ता डा.महतले अब एमसीसी आयोजना कार्यान्वयनमा जाने सुनिश्चितता भएको बताएका हुन् । उनले व्याख्यात्मक घोषणामा उल्लेख भएका विषयले पनि धेरै कुरा प्रष्ट पारेको भन्दै आयोजनाले अब गति लिने बताएका छन् ।

एमसीसी कम्प्याक्टसँगै यसबारेको व्याख्यात्मक घोषणा केवल कागजको खोस्टो मात्रै नभएको पनि उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व निर्णय र धीरताले सम्झौता अनुमोदन गर्ने आधार तय भएको उनले बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय