काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता पास गर्ने निर्णय गरेको छ । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलाटारमा बसेको पार्टीको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पास गर्ने निर्णय गरेको नेता शक्ति बस्नेतले जानकारी दिएका छन् ।

सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा ब्याख्यात्मक विश्लेषण भएको छ । सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा एमसीसी बारेको विवाद मिलेको स्रोतको दाबी छ । शंसोधनबिना एमसीसी पास गर्न नहुने आफ्नो अडानबाट माओवादी पछि हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय