
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको टिप्पणी गरेका छन् । प्रधानमन्त्री अमेरिकी पासोमा परेको भन्दै भीरबाट लड्ने गाइलाई रामराम मात्रै भन्न सकिने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी पास गरे सरकार दुर्घटनामा पर्ने बताएका हुन् । नेता खनालले शंसोधनबिना एथास्थितीमा एमसीसी पास गर्न नसकिने समेत बताएका छन् ।
एमसीसीबारे सहमति गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलका संयोजक समेत रहेका खनालले संसदमा टेबुल गरिएको सम्झौतामा आपत्तिपूर्ण कुरा रहेको समेत बताएका छन् ।