
काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी भएको सम्झौता प्रतिनिधिसभामा टेबल भएपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त बनेको छ ।
आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई यसअघि पनि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेको छ । यस क्रममा केही प्रदर्शनकारी र प्रदर्शनकारी घाइते भएका छन् ।प्रदर्शनमा सत्तारुढ माओवादी केन्द्र र नेकपा समाजवादीसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।