
१० साउन, काठमाडौं । अनेरास्वियुका अध्यक्ष सुदेश पराजुलीले स्वास्थ्य राज्यमन्त्रीमा देउवा सरकारद्वारा गरिएको उमेश श्रेष्ठको नियुक्तिलाई लिएर कटाक्ष गरेका छन् । पराजुलीले सहि राज्य व्यवस्थामा गलत पात्र छान्नु प्रधानमन्त्री शेरबहादुर देउवाको गलत कार्य भएको टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै पराजुलिले अनविज्ञता, अयोदान र व्यवस्था प्रति समर्पण नहुने व्यक्तिलाई नै सदैब बिशेष र उचित किसिमको अबसर हुने प्रसंग उल्लेख गर्दै किन यस्तो भन्दै कडा प्रश्न समेत गरेका छन् ।
उनले जनताको लोकतान्त्रीक गणतन्त्रीय व्यवस्था आएपनि यी यस्तै प्रबृत्ति किन र कसरी मौलाई रहेका छन् भन्नेबारे गम्भिर समिक्षा गर्न जरुरी रहेको समेत धारणा व्यक्त गरेका छन् ।