
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधिकांश सांसदहरुले आफूहरु एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि पुगेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा पार्टीका ९० प्रतिशत भन्दा धेरै सांसद रहेको बताएका हुन् ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईलगायत केही सांसदहरूले आज ओलीलाई भेटेका थिए । भेटका क्रममा सांसदहरूले धेरैले एमसीसीको विपक्षमा जान जनदबाब आएको बताएका थिए । तर त्यसबारे ओलीले केही जवाफ भने दिएनन् ।
सरकारले आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको जनाइएको छ। तर एमालेले भने कार्यव्यवस्था समितिको बैठकमा नजाने र संसद अवरोधलाई निरन्तरता दिने जनाएको छ।