
काठमाडौँ । सरकारले आगामी माग १५ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको बैठकले आगामी माग १५ गतेसम्म बिद्यालय बन्न गर्ने निर्णय गरेको हो ।
सीसीएमसीको आईतार बसेको बैठकले वार्षिक बिदामा मिलाउनेगरि माग १५ गतेसम्म बिद्यालय बन्न गर्ने गरी गरेको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बिद्यालय बन्दको पुर्ण मोडालिटीसहितको पुर्ण जानकारीको सूचना सार्वजनिक गर्ने तयरी गरेको छ । बैठकले बिदाको समयमा १२ देखी १७ वर्षका बिद्यार्थी र १८ बर्षमाथि सबै उमेर समुह र पुर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी र अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारीस गरेका छ ।