काठमाडौँ मंसिर ९ । मंसिर १५ गतेदेखि नै गोलाप्रथा लागू गर्ने निर्णय गर्न सर्वोच्च अदालतमा आज फूलकोर्ट बैठक बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूको बुधबार बसेको बैठकले पेसी तोक्दा गोलाप्रथा लागू गर्न आज फूल कोर्ट बैठक बस्ने सहमति गरेका थिए । गोला प्रक्रियाद्वारा इजलास गठनका लागि प्रशासनिक र प्राविधिक तयारी भने पूरा भइसकेको छ ।

अघिल्लो साता न्यायाधीशहरूको फूल कोर्ट बैठकले सर्वोच्च अदालत नियमावलीमा संशोधन गर्दै निर्देशिका पास गरेको थियो । उक्त नियमावलीमा सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गर्दै पेसी तोक्ने व्यवस्था प्रधानन्यायाधीशले नभएर ‘पेसी व्यवस्थापन निर्देशन समिति’ले गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय