काठमाडौं । नेकपा एमालेका प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको जिकिर गरेका छन् । बुधबार राजधानीमा आयोजित साइबर सर्कलु घोषणा कार्यक्रममा उनले १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन हुने पनि दाबी गरे ।

“निसन्देह नेकपा एमालेको मात्रै होइन, सिंगो देशको नेताको रूपमा केपी ओलीको कुनै विकल्प छैन । मेरो पूर्ण विश्वास छ १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतका साथ उहाँको नेतृत्वलाई अघि बढाउने छ । ओली राष्ट्रिय राजनीतिको केन्द्रमा पार्टीलाई स्थापित गर्न सफल भएको पनि उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय