९ साउन, काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टीले श्रीमान् राज कुन्द्राको कम्पनी ‘भिआन इन्डस्ट्रिज’को निर्देशक पदबाट राजिनामा दिएकी छन् । कम्पनीबाट राजीनामा दिएपछि उनी प्रहरीको सोधपुछमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

शुक्रबार साँझ राज र शिल्पालाई ६ घण्टा मुम्बई अपराध महाशाखाले सोधपुछका लागि राखेको थियो। महाशाखाले शिल्पाको घरमा पनि प्रमाण खोजी गरिरहेको छ।

पोर्न भिडियो उत्पादन र बिक्री वितरण गरेको आरोपमा प्रहरीले शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई केही दिन अगाडि पक्राउ गरेको थियो।शिल्पाले कम्पनीबाट राजीनामा दिएपछि उनीमाथि अनुसन्धान भइरहेको भारतीय मिडियाले जनाएका छन्।

उनले उक्त कम्पनीमा निर्देशकका रुपमा बिताएको समयावधिबीचको आय, शिल्पाको बैंक एकाउन्ट अनि शिल्पाले कसरी पैसा कमाइरहेकी छन् भन्ने बारेमा पनि अपराध महाशाखाले अनुसन्धान गर्ने जनाइएको छ।

यो भन्दा अगाडि अपराध महाशाखाले भियान इन्डस्ट्रिजको सिसिटिभी फुटेज जाँच गरेको थियो। त्यतिबेला सिसिटिभिको डाटा डिलिट गरिएको थियो। फोरेन्सिकले मेटाइएका डाटा पुन फर्काउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

हालसम्म शिल्पा राजको यो व्यवसायको हिस्सेदार भएको कुनै प्रमाण भेटिएको छैन। जुलाई १९ मा जब प्रहरीले शिल्पाका श्रीमान् तथा व्यवसायी राज कुन्द्रालाई पक्राउ गरेर लग्यो, शिल्पाले कुनै पनि रियालिटी शो मा उपस्थिति जनाएकी छैनन्।

शिल्पाका श्रीमान् राज कुन्द्रालाई जुलाई २७ सम्म हिरासतमा राखेर अनुसन्धान गर्ने जनाएको छ । अश्लिल फिल्म बनाएको आरोपमा राज कुन्द्रा पक्राउ, अदालतले जुलाई २३ सम्मका लागि थुनामा पठायो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय