काठमाडौं – बितेको २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ भने निको हुने दर ९७।४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ९१ हजार ७८७ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय