११ कार्तिक एजेन्सी । बलिउडमा चर्चित नायक शाहरुख खानका छोरा आर्यन खानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । आज बम्बइ उच्च अदालतले शाहरुख खानका छोरा आर्यनलाई जमानतमा रिहा गर्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

लागुऔषध मुद्दामा तीन साता हिरासतमा रहेका आर्यनलाई रिहा गर्न अदालतले आज आदेश दिएको हो । उनी क्रुजमा ड्रग्स पार्टी आयोजना गर्ने क्रममा पक्राउ परेका थिए । उक्त अदालतमा मंगलबारदेखि आर्यनको जमानतको बारेमा सुनुवाइ भइरहेको थियो ।

साथै आर्यनका वकिल मुकुल रोहतगीले बहस गरेका थिए । उनले, आर्यनको साथबाट ड्रग्स बरामद नभएको भन्दै उनलाई पक्राउ गर्नु गलत भएको बताएका थिए । आर्यनको साथमा पक्राउ परेका अरबाज मर्चेन्ट र मुनमुन धमीचालाई पनि जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ । तर उनलाई आज एकदिन भने हिरासतमा बिताउनु पर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय