काठमाडौं- बिहीबार सेयर बजार परिसूचक नेप्सेमा थप १३ अंकको वृद्धि भएको छ । गत बुधबार १८।०६ अंकले बढेर २७६९।१३ विन्दुमा पुगेको नेप्सेमा बिहीबार थप १३।०४ अंकको वृद्धि हुँदै २७८२।१६ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४।४२ अंकले बढेर ५२०।९८ पुगेको छ । यसदिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक अधिकतम २।२१ प्रतिशतमाथिले बढेको छ भने माइक्रोफाइनान्स समूहको २।४३ प्रतिशतले वृद्धि भएको छ ।

आज बैंकिङ, ट्रेडिङ होटल तथा पर्यटन, निर्जीवन बीमा र म्युचुअल सफन्ड ऋणात्मक भएका छन् भने बाँकी समूहहरु धनात्मक भएका छन् । १३ अंकले बढेको बजारमा आज कुल ५ अर्ब ३९ करोड ५२ लाखको कारोबार भएको छ । गत बुधबार १८ अंकले बढेको बजारमा ६ अर्ब ६१ करोड २६ लाखको कारोबार भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय