काठमाडौं – बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसंगै मुख्यमन्त्री पद रिक्त भएको छ । यद्यपी बिपक्ष गठबन्धनले नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नेतृत्वमा सरकार बनाउन सहमती गरेको छ ।

साथै प्रदेशमा नया सरकार गठनका लागी आह्वान गरिएको छ । भोली दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न सकिने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी गराएका छन् । कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार गठबन्धनमा रहेका ५९ जनाले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई चयन गर्न हस्ताक्षर गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय