काठमाडौं-नेकपा एमालेको स्थायी कमिटी बैठक आज शुक्रवार बस्दैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठकले निकालेको निष्कर्ष प्रस्तुत गरिने एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि स्थायी कमिटी बैठक बिहीवार बसेको थियो ।

बिहीवार बसेको बैठकले एमालेको दशौं राष्ट्रिय महाधिवेशन स्थल बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको छ ।

दशौं राष्ट्रिय महाधिवशेन आयोजना गर्नका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

१० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठक पनि बिहीवार बसेको थियो । सो बैठकको निष्कर्ष आजको स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय