बाँके- बाँके र बर्दियामा भएका बेग्लाबेग्लै सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भएको सडक दुर्घटनामा मधुवन नगरपालिका–५ बस्ने ८० बर्षीया महिला रुप्सी कुमालको मृत्यु भएको हो ।

भे १ ज ८७९ नम्वरको जीप दुर्घटना हुँदा घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा भे ९ प ७९७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका–१ बस्ने २१ वर्षीय दिपक बुढामगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय