
काठमाडौँ — पछिल्ला केही दिनयता अभिनेत्री पूजा शर्माको ब्रेक अप चर्चामा छ । अभिनेता आकाश श्रेष्ठसँगको विछोडपछि एक समारोहमा पूजा डाँको छोडेरै रोइन् ।
पूजाले सोही कार्यक्रमबाटै कामना गर्दै भनिन्, ‘माया गरेर कसैले विछोडिन नपरोस् ।’ आकाशले पनि आफू रुन मात्रै नसकेको तर मनमा थुप्रै कुरा भएको बताए ।
हुन त आकाश अघि पूजाको नाम निर्देशक सुदर्शन थापासँग जोडिएको थियो । पूजा र सुदर्शन खुलेरै सार्वजनिक कार्यक्रममा निस्कन्थे । सुदर्शनसँग ब्रेक अप भएको भने मिडियामा खासै चर्चा भएन ।
पूजा शर्माको फिल्म उद्योग बाहिरका एक युवासँग प्रेम रहेको चर्चा सुरु भएको छ । पूजा पछिल्लो समय युद्ध बानियाँको प्रेममा रहेको चर्चा सुरु भएको छ ।
पूजाले केही समयअघि मात्रै अभिनेत्री प्रियंका कार्कीको कार्यक्रम ‘चपचप डायरिज’ मा पनि आफू उद्योग बाहिरको युवकसँग प्रेममा रहेको र छिट्टै बिहेसमेत गर्ने बताएकी थिइन् ।
आकाशसँग सम्बन्ध बिग्रिएसँगै पूजा र युद्धको प्रेम इन्स्टाग्राममा पोखिएको छ । उनीहरुले एकअर्काका तस्बिरमा प्रेमका इमोजी र प्रेमिल भावका कमेन्टमार्फत प्रेम पोखिराखेका छन् ।