
काठमाडौं – अश्लिल फिल्म निर्माणको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्रा थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन् । राज कुन्द्राको पुलिस हिरासत समय आज शुक्रबार अर्थात २३ जुलाईसम्म रहेको थियो । पुलिसले सोधपुछका लागि अदालतमा अझै ७ दिन समय मागेको थियो । जसमा अदालतले २७ जुलाईसम्म बढाएको छ ।
कुर्नुका साथसाथै उनीसँगै हिरासतमा रहेका अर्का एक व्यक्ति रायन थार्पको पनि हिरासत समय बढाइएको छ । राजले अश्लिल फिल्मबाट कमाएको पैसा अनलाई प्रयोजनमा लागि प्रयोग गर्ने गरेको मुम्बई पुलिसले अनुमान गरेको छ । त्यसैले राजकुन्द्राको यस बैंकको खाता र युनाइटेड बैंक अफ अफ्रिकाको खाता बीचको लेनदेन छानबिन गरिनुपर्छ । क्राइम ब्रान्चको टोलीले राजलाई फेरि हिरासतमा राख्नेछ ।