काठमाडौं- एजेन्सी-शाहरुख खानका छोरा आर्यन खान नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० को नियन्त्रणमा छन् । मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शीपमा हुने ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनलाई पक्राउ गरेको थियो । आर्यन खानलाई पक्राउ गरेपछि उनलाई घण्टौंसम्म सोधपुछ भयो, त्यसपछि एनसीबीका अधिकारीले उनलाई नियन्त्रणमा लिएका हुन् । आइतबार आर्यन र पक्राउ परेका अन्य दुई अरबाज मर्चेन्च र मुनमुन धमेचालाई अदालतमा पेश गरिएको थियो । अदालतबाट सबैलाई एकदिनको कस्टडीमा राख्न दिइएको थियो । सोमबार पुनः आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई किला कोर्टमा पेश गरियो र तीनैजनालाई ७ अक्टोबरसम्म हिरासतमा राख्न निर्णय सुनाइयो ।

सतिश मानशिन्देको यो बयानः

आर्यन खान अदालतमा पेश हुँदा एनसीबी र आर्यनका वकिल सतिश मानशिन्देबीच लामो बहस चल्यो । एनसीबीले आर्यन खानमाथि आरोप लगाउँदै उनको फोनबाट आपत्तिजनक चिज र ड्रग्स च्याट भेटिएको बताएको छ । यता स्टार किडका वकिल सतिश मानशिन्देले जवाफमा एक पछि अर्को गर्दै जवाफ पेश गरे ।

आफ्नो पेशीका बेला सतिश मानशिन्देले एनसीबीलाई कडा जवाफ फर्काएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । अदालतका मजिस्ट्रेटले एनसीबीबाट आर्यनलाई कस्टडीमा लिएर प्रश्न सोधेको थियो । यसबारे एनसीबीले भनेको थियो, ‘आर्यन खानलाई हिरासतमा लिन यसकारण लिन आवश्यक छ किनभने उनलाई पार्टीमा किन बोलाइएको थियो र उनी कुन क्याबिनमा बसेका थिए भन्नेबारे हामीलाई पत्ता लगाउनु छ ।’

एनसीबीको यो कुराको जवाफ दिँदै सतिश मानशिन्देले भने, ‘आर्यन खानलाई जहाजमा ड्रग्स बेच्न जरुरी छैन । उनी जहाजमा किन गएका थिए यसमा एनसीबीको कुनै काम छैन । आर्यनले चाहेको खण्डमा पूरा जहाजलाई खरिद गर्न सक्छन् ।’

स्मरण रहोस् पेशीको सुरुवातमा सतिश मानशिन्देले भनेका थिए, ‘यदि आर्यन खानको केस गैर–जमानती हो भने यसका लागि एनसीबीले ठोस् प्रमाण र तथ्य जारी गर्नुपर्ने छ । अरुबाट पाएको ड्रग्सलाई आर्यन खानबाट पाएको भन्न मिल्दैन । ’

ड्रग च्याट पाएको कुरामा सतिश मानशिन्देले जवाफ दिएका थिए, ‘उनीहरुले आर्यन खानमाथि असाध्यै गम्भीर आरोप लगाइरहेको छ । अदालतले च्याट आफैंले हेर्न सक्छ । यस्तो कुनै पनि कुरा यसमा छैन ।’

आर्यन खानले अदालतमा भनेका थिए, ‘म पक्राउ परेपछि एनसीबीका अधिकारीलाई आफैंले अनुसन्धान गर्न दिएको थिएँ । मैले कसैलाई देखेर भाग्ने कोसिस गरिनँ र दुर्व्यवहार पनि गरिनँ । यस्तोमा मलाई हिरासतमा लिइनु हुँदैन । ’

यसमाथि सतिश मानशिन्देले आर्यनलाई साथ दिँदै भनेका थिए, ‘फोनमा मात्रै कुरा गर्नु अपराध होइन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय