
७ साउन, काठमाडौं । सुनको मुल्यमा आजपनि गिरावट आएको छ । बुधबारपनि तोलामा ७ सयले घटेको सुनको मुल्य आजपनि ७ सयले घट्को नेपाल सुन चाँदि व्यवसायी महासंघले जानकारी दिएको छ । बुधार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ ।
हिजो बुधबार पनि प्रतितोला ७०० ले घट्योको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।
यसअघि यो सुनको मूल्य तोलामा ९२ हजार रहेको थियो । यता, चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । बुधबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज बिहिवार बुधबार भने एक हजार २७० रुपैयाँमा कारोबार हुनेछ ।