एजेन्सी ७ साउन । चीनको हेनान प्रान्तमा अविरल वर्षाका कारण आएको बाढीमा परी अहिलेसम्म कम्तीमा पनि २५ जनाको मृत्यु भएको र सातजना बेपत्ता भएको चीनको सरकारी मिडियाले जनाएको छ । अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी मासिनलाई सुरक्षित स्थानमा पुर्याइएको छ ।

भीषण वर्षाबाट करिब १२ लाख मानिस प्रभावित भएका छन् । हेनान प्रान्तको राजधानी झेङझाउ सहर वर्षाको कारण पुरै डुबेको छ । यस सहरलाई आइफोन निमार्णको सबैभन्दा ठुलो आधारको रूपमा लिने गरिन्छ ।

वर्षाका कारणले नै गर्दा झेङझाउ रेलवे स्टेशनका १६० भन्दा धेरै ट्रेन रोकिएका थिए । यसै गरी २६० वटा उडान रद्द गरिएको थियो । बेपत्ता भएका नागरिकको खोजी कार्य जारी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय