
३ असोज, काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ आरोपमा तीन महिला पक्राउ परेका छन् ।
प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ ।
गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।