२ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि सत्ता गठबन्धन आबद्ध दलहरुको अस्तित्व नै संकटमा पर्ने बताउनु भएको छ ।

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई आज काठमाडौंमा सम्बोधनका क्रममा ओलीले अबको १४ महिनापछि चुनाव हुने भन्दै कांग्रेस, माओवादी, नेकपा (एस) लगायत दलहरु हराउने र बिलाउने बताउनु भएको हो ।

अन्य दललाई फ्रिजका आइससँग तुलना गर्दै ओलीले १४ महिनामा यी गठबन्धनमा रहेका दलहरु बिलाएर जाने टिप्पणी गर्नुभएको छ । आफू प्रधानमन्त्री हुँदा घोषणा गरिएको चुनावको विरोध गरेका वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उहाँले बताउनु भएको हो ।

ओलीले अहिलेको सरकार अस्वाभाविक ढंगले निर्माण भएको भन्दै गैरजिम्मेवार, जनताप्रति उत्तरदायी नरहेको आरोप पनि लगाउनु भएको छ । कर्मचारीहरुलाई आफ्ना सही र उद्देश्यमा अगाडि बढ्न ओलीले निर्देशन समेत दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय