काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीबाट ‘नकारात्मक धार’ विभाजन भएर गएको टिप्पणी गर्नुभएको छ । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै उहाँले आयोजित भेलामा नकारात्मक धारको भविष्य नभएको टिप्पणी गर्नुभएको हो ।

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय बैठक तथा राष्ट्रिय भेलामा बोल्दै महासचिव ईश्वरले भने, ‘हामीबाट नकारात्मक धार अलग भएको हो र यस विभाजनको भविष्य अन्धकार छ ।’

उहाँले राष्ट्रिय आवश्यकताविपरीत विभाजन हुनेहरू निर्वाचनबाट पराजित हुने पनि बताउनु भएको छ । पार्टीको पक्ष र पार्टीले गरेको आन्दोलनको पक्षमा उभिएका निजामती कर्मचारीहरूलाई संगठित हुन समेत उहाँले निर्देशन दिनुभएको छ ।

उनीभन्दाअघि पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेललगायतले भेलालाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय