
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई कुनैपनि जिम्मेवारी दिन नसक्ने बताएकी छन् ।
विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै अप्ठेरो परिस्थीतीमा नेपालको साथ छोडेर एमालेमै फर्कीएको भन्दै अब आफ्नो पार्टीमा उनिहरुलाई स्थान नभएको बताएकी हुन् ।
आज सिन्धुलीमा आयोजित कार्यक्रममा झाँक्रीले उनीहरुलाई भगौड जर्नेलको संज्ञा दिँदै उनीहरुलाई कमान्डर मान्न नसकिने बताएकी छन् । युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताउनु भएको हो । नेतृ झाँक्रीले विचार समूहका हिसाबले धेरै समयमा कन्फ्युजनमा राखेका र पछि हरियो सापलेझैं डसेको बताउनु भएको छ ।