२ असोज, काठमाडौं । कमेडी च्याम्पियन’ले नयाँ च्याम्पियनको घोषणा आज साझ गर्दैछ । दोस्रो सिजनको उपाधिको प्रतिष्पर्धामा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र भारतको सिक्किमका विक्की अग्रवाल छन् । यी तीन जनामध्ये भोटिङका आधारमा एकजना कमेडी च्‍याम्पियन छानिनेछन । विजेताले कार र २५ लाख नगद पुरस्कार पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः बाइक र स्कुटर पुरस्कार पाउने आयोजकले जनाएको छ ।

निर्देशक विशाल भण्डारीले शनिबार राति ९ बजेदखि कार्यक्रम सुरु हुने बताए । राति १० बजेदेखि ग्रान्ड फिनाले सुरु हुने र राति ११ बजेसम्म उपाधिको कसको पोल्टामा पर्छ भन्ने सार्वजनिक हुने भण्डारीले उल्लेख गरेका छन् । नजिताको समय नजिकिँदै गर्दा उपाधि होडमा कसले बाजी मार्छ भन्ने धेरैमा कौतुहलता रहेको छ । उपाधिका दावेदार मानिएका भरतमणि र विक्कीलाई सन्तोषले काउण्टर दिने सम्भावना पनि उत्तिकै छ । उत्कृष्ट तीनका सन्तोषको ’कन्फेशन कमेडी’ले धेरैको मन जित्न सफल भयो ।

उपाधिका दावेदार भरतमणिको घरबेटीबाको प्रस्तुती, गोकुल बाँस्कोटा, रामनारायण बिडारी र पारस शाहको क्यारिकेचरले दर्शकको मन जित्न सफल भएका थिए । च्याम्पियनमा धेरै पटक पर्फर्मर अफ द राउण्ड बनेका भरतमणिले विभिन्न प्रस्तुति दिए । दर्शकले रुचाए । दर्शकको रोजाइमा भरतमणि पर्ने सम्भावना उत्तिकै छ । उनको समर्थनमा पूर्वमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री गगन थापा भरतका लागि भोट मागिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय