
गणेश एसके ,कञ्चनपुर / कञ्चनपुरमा अन्य पार्टी त्यागी विप्लव नेकपामा दर्जनौं नेताहरु बुधबार ध्रुवीकृत भएका छन् । राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्र त्यागेर दर्जन भन्दा बढी नेताहरु नेकपामा प्रवेश गरेका हुन् । उक्त ध्रुविकरण अभियान कृष्णपुर नगर कमिटीको आयोजनामा कञ्चनपुरको गुलरिया मा सम्पन्न भएको हो । पछिल्लो पार्टी बैठकको नारा “क्रान्तिकारी एकता र ध्रुविकरण मा जोड दिऔँ । समुधुर जनसम्बन्ध सहित सुदृढ पार्टी निर्माण गरौं भन्ने निर्णय अनुसार नेकपा कञ्चनपुर सुदृढ पार्टी निर्माणमा तिब्र रुपमा खटिएको देखिन्छ ।
उक्त ध्रुविकरण कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चनपुर पार्टी जिल्ला सचिव रमेश नेपाली ९जीवन ० ले बोल्दै अहिलेको परिस्थितिमा हामी सुदृढ र जनतामुखी पार्टी बनाउँदै जनता सँगै सहकार्य गरेर जनतको प्रतिनिधित्व गर्ने व्यवस्था को निर्माण गर्ने बाटोमा छौ । यो पुजीवादी व्यवस्था ले देशमा कसैका पनि न्यूनतम समस्या लाई हल गरेको छैन उल्टो झन् आजको दिनमा जातीय भेदभाव, वर्गीय असमानता,सामाजिक असुरक्षा,महँगी ,घुसखोरी,भ्रष्टाचार चरम रूपमा मौलाएको छ र यि कुराको सरकार र सत्तामा बसेका हरुमा लाई वास्तै छैन उनीहरूलाई त के भन्नुहुन्छ भने आफू कसरी सत्तामा बसिरहने , कसरी आसेपासे लाई प्राथमिकता दिने या आफू कसरी यो सत्ताको नायक बन्ने भन्ने चिन्ता छ । त्यसो हुँदा यी सबै पराजयको पराकाष्ट भनेको यो असफल संसदीय व्यवस्था हो ।
एकीकृत जनक्रान्ति को कार्यदिशा लामबद्ध भई एउटा सच्चा नागरिक को भुमिका निर्वाह गर्दै वर्ग विहिन, जाती विहिन, धर्म विहिन, शोषण विहिन आम जनताको नेतृत्व गर्ने सुन्दर व्यवस्था वैज्ञानिक समाजवाद को यात्रामा सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन । हाम्रो पार्टी ले तीन बुँदे सहमति कार्यान्वयन गर्दै जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र जनतालाई व्यवस्था चुन्ने अधिकार दिने माहोल बनाउन सबै लाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेकपा माले, माओवादी केन्द्र, नेपाली कांग्रेस लगायत अन्य पार्टी बाट एक दर्जन भन्दा बढी नेताहरुले पार्टी प्रवेश गरेका छन । प्रवेश हुनेमा राम सिंह बिष्ट, देबकी ऐर,घुम्मन् डगौरा, दीर्घराज उपाध्याय, नवराज भट्ट, बानुराम चौधरी, प्रकाश विक, चन्द्र ताम्राकार, हिक्मत चौधरी,खडक बोहोरा,गुणराज भट्ट,टेकराज भट्ट,राजकुमारी चौधरी, हरिना रावल, लगायतका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा ध्रुविकरण भएका छन्। नगर इन्चार्ज इन्द्र मडैं को अध्यक्षता मा सो कार्यक्रममा स्वस्थ्य विभाग प्रमुख राम भट्टले स्वागत मनव्य राख्नु भएको थियो ।