काठमाडौं १ असोज । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गर्नुभएको छ । पोखरामा आयोजित एक कार्यक्रममा उहाँले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका नेपाल एमालेमै फर्किने बताउनु भएको हो ।

नेपालकै सहमतिमा १० बुँदे बनेको तर पछि उहाँले त्यसको विरोध गरेको भन्दै भट्टराईले नेपालको पछि नलाग्न कार्यकर्तालाई आह्वान समेत गर्नुभएको छ । भट्टराईले शेरबहादुर नेतृत्वको गठबन्धन सरकार असफल भइसकेको भन्दै आलोचना समेत गर्नुभएको छ ।

’यो सरकार असफल भइसकेको छ, पैँसठ्ठी दिनसम्म सरकार विस्तार गर्न नसकेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता गुमाइसकेकाले अब विकल्प खोजेर एमालेकै नेतृत्वमा चुनावमा जानु एकमात्र उपयुक्त माध्यम हो’ उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय