३१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई उडिरहेको जहाजको संज्ञा दिएका छन् ।

काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले प्रचण्ड पथ भनेको उडिरहेको जहाज सुरुमा ठुलो देखिने तर विस्तार बिलाउँदै–बिलाउँदै जाने बताएका छन् । साथै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछि लाग्नेहरूलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन आग्रह गरेका छन् ।

प्रचण्डले यता पनि दिन्छु उता पनि दिन्छु भन्ने गरेपनि अहिलेसम्म २ वटा मन्त्रीभन्दा दिन नसकेको ओलीको टिप्पणी छ । ओलीले प्रचण्डले देखाउने भनेको दुईचार जना नेतामात्रै भएको तर आँफुहरुसंग नेपाल भरिबाटै धेरै माओवादी कार्यकर्ताहरु पनि एमाले भएको बताएका छन् । र ओलीले एमालेलाई खतरा भए आँफु बघिनि बनेर झापु चलाउने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय