
भाद्र ३१, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति खनिएका छन् ।
काठमाडौंमा आज भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाल पार्टी अध्यक्ष, प्रधानमन्त्री लगाएत सबै भईसकेको भन्दै अब नेपाल जाने भनेको माथि मात्रै हो भनि तिखो टिप्पणी गरेका छन् ।
साथै ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानि घसेर तिर्थयात्रामा निस्कीएको तिर्थ यात्री भएको समेत बताएका छन् । कार्यक्रममा ओलीले नेकपा एमाले माहुरी भएको र माधव नेपाल झिँगा भएको भन्दै फोहरमा जाने कि महमा जाने कार्यकर्ता आँफैले सोच्नुपर्नेमा जोड समेत दिएका छन् ।
यस्तै अध्यक्ष ओलीले एमालेको भूमिकामात्रै परिवर्तन भएको तर शक्ति कम नभएको दाबी गर्नुभएको छ । उहाँले एमालेको संगठनमा पनि केही फेरबदल नआएको बताउनु भएको हो ।
ओलीले पुष्पकमल दाहाललाई एकीकृत पार्टी, ठूलो पार्टी नपचेको टिप्पणी गर्नुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले एकीकृत पार्टी नै रुचाएकाले अब दाहाल गुटमात्रै अलग भएको बताउनु भएको हो ।