काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धनले मुलुकमा प्रारम्भ भएको आर्थिक विकास र समृद्धिको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाउनु भएको छ । गठबन्धन संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यता विपरीतका गतिविधिको बाहक भएकोसमेत उहाँले बताउनु भयो ।

नेकपा एमाले काठमाडौंले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको नेपालको राजनीति दुई ध्रुवमा ध्रुवीकृत भएको टिप्पणी गर्नुभएको छ । उहाँले पार्टीको एकताको कुरा एकताको पक्षमा दृढ हुने कि नहुने ? भन्ने कुरामा निर्भर हुने बताउनु भएको छ ।

नेता पोखरेलले कार्यदलले दिएको १० बुँदे सुझावलाई नेतृत्वले त्यहीँ कारण स्वीकार गरेको बताउनु भएको छ । उहाँले अबको एमालेलाई ०७५ जेठ २ को एमाले मात्रै नबुझेर विकसित एमाले, परिवर्तित र एकतासहितको एमाले हो भनेर बुझ्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय