भाद्र ३०, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई देशभरीका कार्यकर्ताले जोगाएको बताएका छन् । उनले पार्टी ध्वस्त र समाप्त गर्न खोज्नेहरूबाट कार्यकर्ताले जोगाएको बताएका हुन् ।

बुटबलमा आयोजित कार्यकर्ता भेलामा ओलीले मुलुकलाई नेतृत्व गर्ने पार्टी ध्वस्त गर्न खोजिएको बताएका हुन् । ’यो पार्टी ध्वस्त पार्न लागिएको थियो, समाप्त पार्न लागिएको थियो, कब्जा गर्न खोजिएको थियो । केही बच्यो भने प्रतिक्रियावादीहरूको पाउमा चढाउन खोजिएको थियो,’ उनले भने, ’देशभरीका कार्यकर्ताहरूले पार्टी जोगाउनुभएको छ ।’

एमालेको सही नेतृत्व र विचारले नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुने ओलीको दाबी थियो । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा मुलुकले लिएको र त्यसको सफलता एमालेको नेतृत्वबिना नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय