
३० भदौ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताएका छन् । पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको उनको भनाइ छ ।
रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले आन्दोलनका हिसाबले अप्ठेरोमा र तल खसेका तर अहिले पनि ठूलो शक्ति नै रहेको बताएका छन् ।’
२०७४ सालको चुनावमा पार्टीको वर्चस्व फेरि फर्काउने उनले दाबी गरे । चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे ।
उनले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको बताए । पार्टी विभाजनका विषयमा समीक्षा हुनुपर्ने भुसालले बताए ।